९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

बजेटको आकार घट्यो (पूर्णपाठ)

सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेको छ। चालु तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ ६४ दशमलव ४ प्रतिशत, पूँजीगत तर्फ  ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दशमलव ९ प्रतिशत विनियोजन गरिएको छ।  

यस्तै वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ७० करोड ११ दशमलव ७ प्रतिशत विनियोजन गरिएको छ। यस्तै खर्चको स्रोत तर्फ राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ। त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ।

सरकारले विनियोजन गरेको बजेटको आकार चालु आर्थिक वर्षको भन्दा घटेको छ। चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको थियो।   

बजेटको पूर्णपाठ पिडिएफमा पढ्न सक्नुहुन्छ    

 

प्रकाशित: १५ जेष्ठ २०७७ १२:५१ बिहीबार

बजेट२०७७-७८