१६ चैत्र २०८० शुक्रबार
राजनीति

सरकार ‘ई–गभर्नेन्स’तर्फ अघि बढिरहेको छः मन्त्री पण्डित

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार ई–गभर्नेन्सतर्फ अघि बढिरहेको बताएका छन्। 

ढुवानी सेवालाई सहज बनाउन ई–ट्रान्सपोर्टेशन सर्भिस प्रालिले सञ्चालनमा ल्याएको www.nepalets.com को रिपोर्टर्स क्लबमा शुभारम्भ गर्दै मन्त्री पण्डितले भने, ‘हामी ई–गभर्नेन्स प्रणालीमा छिटो जान चाहन्छौं। निजी क्षेत्रबाट यो प्रयास सह्रानीय छ। अझै धेरै प्रयास हुन जरुरी छ। यसको निम्ति सरकारको तर्फबाट गर्नुपर्ने जुन भूमिका निर्वाह गर्नुपर्छ, सामान्य र सहकार्य हुँदा पूरै सहयोग प्राप्त हुनेछ भन्ने म विश्वास दिलाउन चाहन्छु।’ 

पण्डितले सरल र सहज सामान ढुवानी सेवाका लागि ई–टा«न्पोर्टेशन फलदायी हुने बताए। पेपरलेश क्याविनेट बनाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई ल्यापटप दिएको सुनाउँदै पण्डितले भने, ‘मन्त्रिपरिषद् पेपेरलेस भएर अघि बढेको छ। प्रमले एक महिनाभित्र यदि नियुक्त भएका मन्त्रीहरुले पेपेरलेश क्याबिनेटमा जान्नुभएन भने, ल्यापटप र मन्त्री पद पनि उपहार दिएर विदा गर्ने भन्नुभएको थियो। अहिले पेपरलेश छ।’

उनले भविष्यमा संघीय संसदले पनि पेपरलेशको तयारी गरिरहेको जनाए। पण्डितले थपे, ‘त्यहाँ पनि पेपरलेश हुन्छ। सरकारको लगानी जुन पेपरमा लाग्छ, त्यो भन्दा धेरै सस्तो प्रविधिको प्रयोग गर्न सकिन्छ।’

सकारी गाडीको दुरुपयोग रोक्नको लागि आफैंले ०७१ सालमा ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याउन खोजेको स्मरण गराउँदै निकट भविष्यमा उक्त प्रणाली लागु हुने मन्त्री पण्डितको भनाई छ। 

यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले ढुवानी सेवामा प्रा.ली.को उक्त थालनीसँगै सामान ढुवानी क्षेत्रमा भएका समस्या तथा विसंगतिहरु न्यूनिकरण गर्न महत्वपूर्ण सावित हुने बताए। उनले नयाँ प्रविधिसहित सुरु भएको यो सेवालाई आफूहरुको पूर्ण साथ र सहयोग रहने पनि प्रतिबद्धता जनाए। 

ई–ट्रान्सपोर्टेशन सर्भिस प्रा.लिका प्रवन्ध निर्देशक सन्तोष मण्डलले नेपालभरी कुनै पनि ठाउँबाट जुनसुकै ठाउँमा सामान ढुवानीसँग सम्बन्धित सेवा प्रदान गर्ने लक्ष्य राखेको बताए। 

त्यस्तै, उनले आफूहरुले यो सेवामार्फत निजी सवारी (गाडी) प्रयोगकर्तालाई लक्षित गरि जुनसुकै ठाउँमा गाडी बिग्रेको खण्डमा मर्मत सेवासमेत उपलब्ध गराउने प्रतिबद्धता जनाए। देशैभरीका सेवाग्राहीहरुले रजिष्ट्रेसन गरेपछि सबै ठाउँमा सेवा सुचारु हुने उनले स्पष्ट पारे। 

प्रकाशित: ९ असार २०७६ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App