१६ चैत्र २०८० शुक्रबार
राजनीति

राप्रपाको महाधिवेशन अर्को वर्ष

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टिले गुठी विधेयक आपत्तिजनक भएको भन्दै सो विधेयक पू्र्णरूपमा खारेज गर्न माग गरेको छ। पार्टीले आइतबार पत्रकार सम्मेलन गरी जनताको भावनाको सम्मान गर्दै गुठि विधेयक पूर्णरूपमा खारेज गर्न माग गरेको हो।

नेपालको सनातन धर्म संस्कृतिलाई मास्ने गरी यो विधेयक आएको पार्टीले आरोप लगाएको छ। पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय महाधिवेशन २०७७ जेठ महिनामा गर्ने निर्णय गरेको जानकारी गराए। यसैगरी उनले पार्टीले वीपी कोइरालाको मेलमिलापको नीतिलाई पार्टीको मागनिर्देशक सिद्धान्त बनाएको उनले बताए।

साथै उनले राजसंस्थालाई पनि ठाउँ दिन पनि माग राखे। गत ३ दिनदेखि बसेको राप्रपाको केन्द्रीय समितिको विस्तारित बैठक आइतबार बिहान टुंगिएको थियो।

प्रकाशित: ९ असार २०७६ ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App