१६ चैत्र २०८० शुक्रबार
राजनीति

नेकपा प्रवक्ता विश्वकर्मालार्इ ८ दिनको म्याद थप

दाङ - हत्या अभियोगमा प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाका प्रवक्ता खड्गवहादुर विश्वकर्मालाई जिल्ला अदालत दाङले ८ दिनकाे म्याद थप गरेकाे छ। आईतवार जिल्ला अदालतमा पेश गरिएका उनलाई अदालतले ८ दिन म्याद थप गरि अनुसन्धानका लागि हिरासतमै राख्न प्रहरीलाई अनुमती दिएको हो।

अदालतले उनलाई थप गरेको म्याद भोजपुरमा पक्राउ गरेको मिति देखि लागु हुने छ। अदालतले दिएको ८ दिनको म्याद अनुसार आईतवार सम्म ५ दिन पुरा भैसकेको छ भने अब बाँकी तीन दिन उनी प्रहरी हिरासतम बस्नु पर्नेछ।  प्रहरीले भने अनुसन्धानका लागि १० दिनको म्याद थप गरिदिन अदालत समक्ष अनुरोध गरेको थियो।

जिल्ला अदालतका मुख्य न्यायाधीश हेमन्त रावलका अनुसार आगामी २७ गते विश्वकर्माका बारेमा बहस हुने छ। गत मंसिर १२ गते कांग्रेसले तुलसीपुरमा गरेको चुनावी आमसभामा भएको बिष्फोटमा परि मृत्यु भएका म्यादी प्रहरीको हत्या अभियोगमा विश्वकर्मालाई लगाईएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरले घटना भएलगत्तै एकजनाले विश्वकर्माकाे नाम लिएको भन्दै यसलाई उनि दोषी हुनुको कारण बनाएको छ। यसैगरि उनीबाट बरामद भएको डायरीमा तुलसीपुर बिष्फोटको घटना उल्लेख भएकाले विश्वकर्मा त्यो घटनासँग प्रत्यक्ष संलग्न रहेको प्रहरी दाबी छ। उनलाई भोजपुरबाट जिल्ला प्रहरी कार्यालयले गत शुक्रवार दाङ ल्याएकाे हो। 

 

प्रकाशित: २४ भाद्र २०७५ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App