राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकाका १५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। काठमाडौंमा रहेका १० निर्वाचन क्षेत्र सहित ललितपुरका ३ र भक्तपुरका २ क्षेत्रमा उम्मेदवार टुङगो लगाएको हो।
काठमाडौंका १० क्षेत्रमा रास्वपाका उम्मेदवारमध्ये ६ जना पुनः दोहोरिएका छन् भने बाँकी नयाँ अनुहार रहेका छन्। अघिल्लो निर्वाचनमा जितेका चारमध्ये तीन जनालाई पुरानै क्षेत्रमा निरन्तरता दिइएको छ। जसमा काठमाडौं क्षेत्र नम्बर ६ बाट शिशिर खनाल, ७ बाट गणेश पराजुली र ८ बाट विराजभक्त श्रेष्ठले पुनः टिकट पाएका छन्। काठमाडौं २ बाट जितेकी सोविता गौतमलाई भने चितवन ३ पठाइएको छ।
काठमाडौं १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाइएको छ। काठमाडौं २ मा सुनील केसी, काठमाडौं ३ मा राजु पाण्डे, काठमाडौं ४ मा पुकार बम र काठमाडौं ५ मा सस्मित पोखरेल उम्मेदवार बनेका छन्। काठमाडौं ९ मा डीपी अर्याल र काठमाडौं १० मा प्रदीप विष्ट उमेदवार बनेका छन्।
त्यसैगरी ललितपुर १ मा बुद्धरत्न महर्जन, २ बाट जगदिश खरेल, ललितपुर ३ मा डा. तोसिमा कार्की रहेका छन् भने भक्तपुर १ बाट रुकेश रञ्जित र भक्तपुर २ राजीव खत्री रहेका छन्।
प्रकाशित: ६ माघ २०८२ १३:२४ मंगलबार



-600x400.jpg)

