१३ माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपतिले गरे छाउनी संग्रहालयको अवलोकन (तस्बिरहरु)

राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको आइतबार अवलोकन गरेका छन्।

राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी संग्राहलय अवलोकन गर्न गएका हुन्।

उनलाई पुरातत्त्व विभागका महानिर्देशक साैभाग्य प्रधानाङ्ग, संग्राहलयका प्रमुख अरूणा नकर्मी र राष्ट्रिय मुद्रा संग्रहालयका प्रमुख मायादेवी अर्याललगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए भने नेपाली सेनाकाे सैनिक संग्रहालयमा पुग्दा नेपाली सेनाका बलाधिकृत निर्मलकुमार थापाले स्वागत गरेका थिए।

सैनिक संग्राहलयमा संग्रहलय प्रमुख सेनानी गेलान लामाले संग्रहालयका बारेमा जानकारी गराएका थिए। त्यस्तै, राष्ट्रिय संग्राहलयमा प्रमुख नकर्मीले संग्रहालयका बारेमा जानकारी गराएका थिए।

 हेराैं तस्बिरहरु :

प्रकाशित: २२ असार २०८२ १५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App