२६ असार २०८२ बिहीबार
image/svg+xml
राजनीति

साँझ ५ बजे राजीनामा दिँदै मन्त्री चौधरी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका अरूणकुमार चौधरीले राजीनामा दिँदैछन्। मन्त्री चौधरीले आइतबार (आज) साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिन लागेका हुन्।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को तर्फबाट पर्यटन राज्यमन्त्री रहेका चौधरीले राजीनामाको तयारी गरेको पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन्। ‘मन्त्रीज्यूले आज साँझ ५ बजे राजीनामा बुझाउनुहुन्छ,’ उनले भनिन्।

पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमल शाहले बर्खास्त गरेपछि चिढिएको नागरिक उन्मुक्तिले सङ्घीय सरकारबाट समेत बाहिरिने निर्णय गरेको हो।

नागरिक उन्मुक्ति सुदूरपश्चिम तथा लुम्बिनी प्रदेश सरकारबाट यसअघि नै बाहिरिसकेको छ। सङ्घीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। अध्यक्ष श्रेष्ठका अनुसार पार्टी सोमबार (भोलि) को संसद्‌बाट प्रतिपक्षमा बस्नेछ।

प्रकाशित: २२ असार २०८२ १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App