जसपा नेपालका मधेश प्रदेश अध्यक्ष अशोक यादवले आफूमाथि षडयन्त्र भएको बताएका छन् ।
सर्लाही जिल्ला अदालत मलंगवाले अपराधी उपद्रव मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि अध्यक्ष यादवको उक्त प्रतिकृया आएको हो ।
यो पनि पढ्नुहोस्
जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
पक्राउ पुर्जी जारी भएको बारे आफूलाई जनकारी रहेको बताउँदै उनले जनताको आवाज उठाउनेलाई फसाउन खोजेको दाबी गरे । उनले भने,'आफूविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा म डराएको छैन । म पक्राउका लागि पनि तयार छु । यसबाट मलाई कुनै क्षति हुँदैन।'
यो पनि पढ्नुहोस्
एसपीलाई धम्की दिएपछि नेता यादवलाई पक्राउ गर्न जाँदा डिएसपीको गाडी तोडफोड
आफूविरुद्ध पहिले अपशब्द जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्काले प्रयोग गरेको बताउँदै यादवले पहिला एसपी खड्कालाई कारबाही गर्न आग्रह गरे ।
पक्राउ पुर्जी जारी भएपछि नेता यादवलाई पक्राउ गर्ने कानुनी बाटो खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यो पनि पढ्नुहोस्
सर्लाहीका एसपीलाई जसपाका अध्यक्ष यादवको धम्की
प्रकाशित: २० असार २०८२ १८:११ शुक्रबार