१३ श्रावण २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

राजेश र यशले सार्वजनिक गरे सुमन सरगमको 'आफ्नो बनाई लैजाउ'

गायक सुमन सरगमले नयाँ गीत ‘आफ्नो बनाई लैजाउ’ सार्वजनिक गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएको छ।

चर्चित गायकद्धय राजेशपायल राई र यश कुमारले संयुक्त रूपमा ‘आफ्नो बनाई लैजाउ’ को भिडियो सार्वजनिक गरेका हुन्। ‘राई इज किङ’ उपनामले परिचित गायक राजेश पायलले आफूले खोजी प्रतिभाको नामक रियालिटी शोको निर्णायक हुँदा भेटेको एक सुन्दर प्रतिभा सुमन सरगम भएको बताए। आज सार्वजनिक गीतमा गायनसँगै सुमनले अभिनय पनि साह्रै राम्रो गरेको देख्दा खुशी लागेको सुनाए।

यता, अर्का गायक यश कुमारले सुमनलाई आफुले उ पहिलो पटक काठमाडौं आउँदा भेटेको बताए। ठमेलको एक रेष्टुरेन्टमा पहिलो पटक भेट्दा गाउँबाट आएको एक सामान्य युवा जसको काठमाडौंमा कोही थिएन। मलाई दाइ मेरो लागि बस्ने ठाउँ र जागीरको व्यवस्था गरिदिन भनेपछि उसको गायन कला देखेर सहयोग गरेको स्मरण गरे। त्यो भाइको अहिले निकै उन्नति भएको देख्दा खुशी लाग्छ।

सुमन र गायिका मेलिना राईको स्वर रहेको गीतमा सन्तोष सुनारको शब्द तथा संगीत छ। होरिजन रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा याकुभ तामाङ म्युजिक प्रोड्युसर तथा रेशम गदालको मिक्सिङ/मास्टरिङ छ। शान थापाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा गरिमा शर्मासँग गायक सरगम आफैले अभिनय गरेका छन्।

सार्वजनिक गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, मिलन विश्वकर्माको कलर, विवेक सुनारको सम्पादन र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ। यो म्युजिक भिडियो गायक सुमन सरगमले आफ्‌नै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन्।

प्रकाशित: १३ श्रावण २०८३ ११:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App