१६ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मुकुल ढकालको रिट हेर्दाहेर्दैमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालको रिटमा पेसी सरेको छ। पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै अदालतमा दायर गरेको ढकालको रिटमा मङ्गलबार (आज) सुनुवाइ नभई असार २५ गतेका लागि सरेको हो।

आज न्यायधीशद्वय हरिप्रसाद फुँयाल र टेकप्रसाद ढुङ्गानाको इजलासमा मुद्दा परेको थियो। तर, हेर्न नभ्याइनेमा पर्‍यो। ढकालले अदालतमा पेस गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिइएको थियो।

निर्वाचन आयोगको पत्रको आधारमा ढकाल अदालत गएका थिए। आयोगले उनी आफैँ महामन्त्री रहेको अद्यावधिक सूची उपलब्ध गराएको थियो।

प्रकाशित: १७ असार २०८२ १६:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App