१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

‘कुलिङ पिरियड’ बारे छानबिन गरौँ, दोषी देखिए कारबाही भोग्न तयार छु: रामहरि खतिवडा

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकमा कुलिङ पिरियडबारे छानबिन गर्न आफू तयार रहेको बताएका छन्।

मंगलबार सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले छानबिन गर्न आफू तयार रहेको बताएका हुन्।

उनले भने, ‘यो संसदमाथिको ठुलो प्रहार हो, यत्रो ठूलो मिस्टेक कानून बनाउने कुरामा कहीँ हुँदैन। त्यसमा हामी छानबिन गर्ने पक्षमा छौँ। पहिला छानबिन गरौँ न, मेरो दोष देखिए म तयार छु। तर छानबिन हुनुपर्छ, जोसुकै भए पनि।’

प्रकाशित: १७ असार २०८२ १२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App