२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

टेरामक्स अनियमितता: पूर्वमन्त्री बस्नेत विशेष अदालतमा उपस्थित

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री बस्नेत आइतबार आफैं विशेष अदालतमा उपस्थित भएका हुन् ।

विशेष अदालतमा उनको बयानको तयारी भएको छ । अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान हुँदैछ । यो बयान सकिएपछि थुनछेक बहस हुनेछ । सोपछि विशेषले उनलाई थुनामा राखेर थप अनुसन्धान गर्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश गर्नेछ ।  

पूर्वमन्त्री बस्नेतले आफैं विशेष अदालतमा उपस्थित हुन पाँउ भनी निवेदन दिएका हुन् ।

निलम्बित सांसद बस्नेत सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला उनैको निर्णयमा टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो ।

प्रकाशित: १५ असार २०८२ १३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App