नेकपा (एकीकृत समाजवादी) का नेता तथा इञ्जिनियर महेन्द्र बहादुर कार्की नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई पार्टीमा स्वागत गरेका हुन्।
विगत ५० वर्षदेखि (२०२३ साल) कम्युनिष्ट आन्दोलन र समाजसेवामा सक्रिय कार्कीलाई अध्यक्ष दाहालले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।
उनी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार कमरेड कृष्णलाल ‘गोजा’ श्रेष्ठको श्रद्धाञ्जली सभाको अवसरमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
सोही कार्यक्रममा अध्यक्ष दाहलले सम्बोधन गर्दै पछिल्लो समय पार्टीमा विचलन आएको र अब त्यसलाई सच्याएर अघि बढ्ने बताएका थिए।
प्रकाशित: १४ असार २०८२ १५:१९ शनिबार





