२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

उपचुनाव र राजबन्दी रिहाइमा केन्द्रित संघीय मोर्चा

<br>

संघीयता पक्षधर दलहरू सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाको बैठक बिहीबार काठमाडौंमा सम्पन्न भएको छ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा लाजिम्पाटस्थित बाबा होटलमा बसेको बैठकमा मोर्चाको भावी रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

बैठकको मुख्य एजेन्डा रुपन्देही क्षेत्र नं-३ मा हुन लागेको उपनिर्वाचनमा मोर्चाको भूमिका, कार्यविधिको पूर्णता, राजबन्दी रिहाइ र मोर्चाका भावी कार्यक्रमहरू तय गर्ने रहेको थियो।

बैठकमा मोर्चामा आबद्ध विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राजकिशोर यादव, मनिष सुमन र रामकुमार शर्मा; नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरी, लालबिर चौधरी र अरुण चौधरी; राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, केशव झा र सिएन थारु; तथा लोसपाका अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र ज्ञानेन्द्र झा सहभागी थिए।

त्यसैगरी, जनमत पार्टीबाट अब्दुल खान, जनता प्रगतिशील पार्टीबाट हृदयेश त्रिपाठी, शिवजी यादव र सबिर हुसेन, अनि तमलोपाबाट वृषेशचन्द्र लाल र ब्रजकिशोर सिंहको उपस्थिति रहेको थियो।

बैठकले उपनिर्वाचनमा साझा रणनीति बनाउने र राजबन्दी रिहाइको मुद्दालाई सशक्त रूपमा अघि बढाउने विषयमा जोड दिएको छ।

प्रकाशित: १२ असार २०८२ १५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App