१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।

बुधबार (आज) अदालतमा थुनछेक बहस भएको थियो। बहसपछि अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो।

नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जलि जग्गा हिनामिना प्रकरणमा मुद्दा दायर गरेको थियो। अदालतले गरेको म्याद तामेलीपछि नेपाल आज बिहान आफैँ उपस्थित भएका थिए।

प्रकाशित: ११ असार २०८२ २१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App