सत्तासीनल दल नेकपा (एमाले) ले गणतन्त्र विरोधी गतिविधि अन्त्य भएको निष्कर्ष निकालेको छ। बुधबार (आज) बसेको सचिवालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
'प्रतिगमनका केही प्रयत्नहरू भए, गणतन्त्र विरोधी गतिविधि भए। तर, जनताको सजगता, राजनीतिक दलहरूको सक्रियता र सरकारको प्रभावकारिताले त्यो स्थिति अन्त्य भएको छ। प्रतिगामी प्रयासहरू निस्तेज भएका छन्। समग्रमा, देशले सही दिशा लिएको र पार्टीको नेतृत्व निष्कर्ष निकालेका छौँ,' उपमहासचिव प्रदीप ज्ञवालीले भने।
प्रकाशित: ११ असार २०८२ १८:०५ बुधबार





