१३ माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

२५ हजार धरौटीमा छुटे सुजित केसी

हिल्टन होटल खरिदका सम्बन्धमा फेसबूकमा लेख्दा पक्राउ परेका सुजित केसी धरौटीमा छुटेका छन्। केसी बुधबार (आज) २५ हजार धरौटीमा छुटेका हुन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठका अनुसार केसी २५ हजार धरौटीमा छुटेका हुन्। केसीलाई काठमाडौं जिल्ला अदालतका न्यायधीश विष्णुप्रसाद अवस्थीको इजलासले धरौटीमा रिहाको आदेश दिएको हो।

केसी राप्रपासम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका संयोजक हुन्। उनले काठमाडौंको पाँचतारे होटल हिल्टन जयवीर देउवाले किनेको भन्ने सम्बन्धमा फेसबूकमा लेखेका थिए।

प्रकाशित: ११ असार २०८२ १७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App