पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले शीर्षस्थ नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको आरोपित गरेका छन्। सँगै उनले ती काण्डहरूमा छानबिनको मागसमेत गरेका छन्।
भिजिट भिसा प्रकरणमा छलकपटपूर्ण हर्कत गरेको उल्लेख गर्दै भट्टराईले देउवा, ओली र दाहाललाई 'ती ठूला टाउका' भनेका छन्। 'अब भिजिट भिजा प्रकरण मात्र हैन, यी तीन ठूला टाउका संलग्न ठानिएका एनसेल प्रकरण, बूढीगण्डकी प्रकरण, साठी किलो सुनकाण्ड, भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु प्रकरणलगायत सबै ठूला भ्रष्टाचार काण्डहरूको शक्तिशाली,उच्चस्तरीय, स्वतन्त्र, निष्पक्ष संयन्त्रमार्फत छानबिन गरिनुपर्छ र दोषीहरूलाई हदैसम्मको कारबाही गरिनुपर्छ,' भट्टराईले फेसबूकमा लेखेका छन्।
सरकारले भिजिट भिसा प्रकरणमा पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा सात सदस्यीय समिति बनाएको छ। उक्त समितिको चौतर्फी विरोध भएको छ।
प्रकाशित: १० असार २०८२ २१:३२ मंगलबार