१७ श्रावण २०८३ आइतबार
image/svg+xml
अर्थ

नेपाल विद्युत् प्राधिकरणले प्रदेशमा पठायो ५० हजार मिटर

नेपाल विद्युत् प्राधिकरणमा ५० हजार वटा विद्युत् मिटर उपलब्ध भइसकेका छन् । ती मिटरहरू देशका सातै प्रदेशका सम्बन्धित कार्यालयमा पठाइसकिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले नयाँ विद्युत् मिटर जडान आवश्यक पर्ने सम्पूर्ण सेवाग्राहीलाई आफ्नो नजिकको नेपाल विद्युत् प्राधिकरणको कार्यालय वा प्रादेशिक कार्यालयमा पुगेर आवश्यक प्रक्रिया पूरा गरी निवेदन दर्ता गर्न आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार विद्युत् मिटर वितरण तथा जडान प्रक्रियालाई व्यवस्थित बनाउँदै सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउने तयारी गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सेवाग्राहीलाई सहज, पारदर्शी र प्रभावकारी सेवा प्रवाह उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याउँदै सेवा सुधारलाई निरन्तर प्राथमिकतामा राखिएको जनाएको छ ।

प्रकाशित: १६ असार २०८३ १७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App