सांसद छिरिङ डम्डुल लामा भोटेले आर्थिक वर्ष २०८२/०८३ को बजेटले सबै क्षेत्रलाई समेट्न नसकेको टिप्पणी गरेका छन्। शुक्रबार (आज) संसद्मा जारी मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद भोटले यस्तो टिप्पणी गरेका हुन्।
बजेटमा सरकार, मन्त्री वा जनताको अनुहार नदिखएको उनले बताए। 'यो विनियोजन विधेयकमा यसो हेर्दाखेरि न माननीय मन्त्रीज्यूकको अनुहार स्पष्ट देखिन्छ, न जनताको। यो बजेटमा कसको अनुहारको चित्र हो ? यसो हेर्छु- बिचौलिया बिचौलिया जस्तो देख्छु। फेरि उताबाट हेर्छु, दलाल दलाल जस्तो देख्छु। यसो भएको हुनाले यो बजेट ठीक ढङ्गले आएको छैन। समग्र ढङ्गले यसलाई सम्बोधन गर्न सकेको छैन,' उनले भने।
यस्तै उनले बेइमानी नेता र सुतेका जनता देशका लागि दुखद् हुने पनि बताए। 'त्यसैले देश बनाउन विकसित देशबाट विज्ञ, प्राविधिक सहयोगहरू लिउँ। देश निर्माण गरौँ,' उनले भने।
प्रकाशित: ६ असार २०८२ १६:३४ शुक्रबार