२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

एक वर्षभित्र १ हजार किलोमिटर सडक कालोपत्रे र २७५ पुल निर्माण गर्ने सरकारको लक्ष्य

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ भित्र १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय ७५ वटा सडक पुल निर्माण सम्पन्न गर्ने घोषणा गरेका छन्।

सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार बजेट प्रस्तुत गर्दै उनले भौतिक पूर्वाधार विकासलाई तीव्रता दिने योजना सार्वजनिक गरेका हुन्।

बजेट वक्तव्यमार्फत अर्थमन्त्री वाग्लेले राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडकहरूको निर्माणलाई प्राथमिकता दिइएको बताए।

सरकारले आगामी पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्य पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ।

पूर्वाधारतर्फको विशेष प्राथमिकता उल्लेख गर्दै अर्थमन्त्रीले भने, ‘आगामी आर्थिक वर्षभित्रै कमला–कन्चनपुर र बुटवल–नारायणगढ सडक विस्तारको कार्य सम्पन्न गरिनेछ।’

यी सडक खण्डहरू समयमै पूरा गरी यातायात आवागमनलाई सहज र सुरक्षित बनाउने सरकारको योजना छ।

बजेट भाषणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह समेत संसद् भवनमा उपस्थित थिए।

प्रकाशित: १५ जेष्ठ २०८३ १७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App