सरकारले सडक तथा शहरी विकाससँग सम्बन्धित आयोजना र कार्यक्रमका लागि आगामी आर्थिक वर्ष २०८३/८४ मा २ खर्ब ८६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सडक सञ्जाल विस्तार, शहरी पूर्वाधार विकास तथा यातायात व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।
उनका अनुसार विनियोजित बजेट सडक स्तरोन्नति, पुल निर्माण, शहरी पूर्वाधार विस्तार तथा व्यवस्थित बसोबास प्रवर्द्धनका विभिन्न आयोजना कार्यान्वयनमा खर्च गरिनेछ ।
सरकारले पूर्वाधार विकासलाई आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र क्षेत्रीय सन्तुलित विकाससँग जोडेर अघि बढाउने लक्ष्य लिएको जनाएको छ ।
प्रकाशित: १५ जेष्ठ २०८३ १७:०९ शुक्रबार





