१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाले पार्टीगत स्वार्थका लागि सत्ता पक्षसँग सम्झौता गर्न चाहेको छ: बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तासँग सम्झौता चाहेको बताएका छन्। बस्नेतले गृहमन्त्रीमाथि नैतिकताको प्रश्न उठाउँदै संसद् अवरुद्ध गरिरहेको रास्वपाले पार्टीगत स्वार्थका लागि सत्ता पक्षसँग सम्झौता गर्न चाहेको बताएका हुन्।

बस्नेतले भने, 'रास्वपाले गर्ने सबैखाले स्टण्टबाजीको कारण रवि लामिछाने हुन्। सत्तासँगको सम्झौताबाट रवि लामिछानेलाई न्यूनतम राहत र अधिकतम उन्मूक्ति दिलाउने रास्वपाको उद्देश्य हो।'

चर्को आवाज निकालेर अरूमाथि उठाइने प्रश्नले कहिलेकाहीँ आफैँसँग पनि जवाफ मागिरहेको हुन्छ भन्ने कुरा हेक्का राख्न उनले रास्वपालाई सुझाव दिएका छन्।

प्रकाशित: ३ असार २०८२ ०७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App