१९ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

रास्वपालाई शाहीको सुझाव: ‘छेपारोको भर पर्दा धोका पाइन्छ, बेलैमा सुध्रिनुस्’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई माओवादीप्रति भर गर्ने कुरा पुनर्विचार गर्न सुझाव दिएका छन्।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रति लक्षित गर्दै उनले ‘छेपारोको जस्तो रङ फेर्ने’ प्रवृत्ति भएका नेताहरूको भर पर्दा धोका पाइने भन्दै बेलैमा सुध्रिन आग्रह गरेका हुन्।

‘प्रचण्डजीको भर गरेर जानुभयो भने तपाईं धोका पाउनुहुन्छ भनेर हामीले पहिले नै भनेका थियौं,’ शाहीले भने, ‘हिजो प्रचण्डलाई साथ लिँदा आज तपाईंहरू बिचरा, बीच बाटोमा अलपत्र पर्नुभएको छ। यसरी नजानुस्, बेलैमा सुध्रिनुस्।’

उनले विगतको घटना स्मरण गराउँदै भने, ‘हिजो प्रचण्डजीलाई भर गरेकै कारणले रवि लामिछाने थुनिनुपरेको थियो।’

शाहीले सहकारी प्रकरणमा छानबिन समितिको क्षेत्राधिकार (टीओआर) बनाउँदा समेत प्रचण्डले घुमाउरो पारामा आफूअनुकूल निर्णय गराएको आरोप लगाए।

भिजिट भिसा प्रकरणमा सरकारको भूमिकाप्रति आक्रोश व्यक्त गर्दै शाहीले यस्तो टिप्पणी गरेका हुन्। ‘हामी छेपारोको जस्तो रङ फेर्नेहरूसँग सहकार्य गरेर अगाडि बढ्दैनौं,’ उनले भने, ‘राप्रपा एक्लै छ, तर निरन्तर लडिरहन्छ। संसदमा संख्याले होइन, एजेन्डाले महत्त्व राख्छ।’

प्रकाशित: १ असार २०८२ १३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App