१९ माघ २०८२ सोमबार
image/svg+xml
बजार

रेकर्ड स्तरमा पुगेर ५२ हजार ४०० ले घट्यो सुन

नेपाली बजारमा पछिल्ला तीन कारोबार दिनमा सुनको मूल्यमा ५२ हजार रुपैयाँभन्दा धेरैको गिरावट देखिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (आज) स्थानीय बजारमा सुन दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत बिहीबार सुन सर्वाधिक तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो। यसरी हेर्दा सुन तीन कारोबार दिनमा ५२ हजार ४०० रुपैयाँ घटेको छ।

आइतबार एक तोला छापावाल सुनको मूल्य तीन लाख रुपैयाँ कायम भएको थियो। त्यसअघि गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० पुगेको थियो।

त्यस्तै, बिहीबार एक तोला चाँदी सात हजार ५०५ मा किनबेच भएको थियो, जुन आज पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसरी सोही कारोबार अवधिमा चाँदी दुई हजार ३०५ रुपैयाँ घटेको छ।

गत शुक्रबार चाँदीको मूल्य सात हजार ६५ कायम भएको थियो। आइतबार चाँदी पाँच हजार ५०० मा कारोबार भएको थियो।

प्रकाशित: १९ माघ २०८२ ११:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App