३० असार २०८२ सोमबार
image/svg+xml
राजनीति

रास्वपालाई गृहमन्त्रीले भने: तपाईंको पार्टी कार्यालय किर्ते र जालसाँजीपूर्ण पीडितहरू तयार पार्ने थलो बन्दैछ

गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय किर्ते र जालसाँजीपूर्ण पीडित तयार गर्ने थलो बन्दै गएको बताएका छन्। शुक्रबार (आज) बसेको संसद् बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन्। 

'पार्टीका कार्यालयहरूमा नक्कली तथाकथित पीडितहरू बोलाएर, जाहेरीहरू लेखेर मेरा विरुद्धमा दर्ता गर्ने प्रक्रिया चलाइएको छ। कुन पार्टी कार्यालयमा लेखिएका छन्, त्यो मलाई जानकारी भइसकेको छ। यस्ता किर्ते, जालसाँज र अमर्यादित काम गरेर राजनीतिक अभिष्ट पूरा गर्ने काममा नलाग्न आग्रह गर्न चाहन्छु,' उनले भने।

यस्तै गृहमन्त्री लेखकले किर्ते र लाजसाँजीपूर्ण काम गर्नेहरूलाई कारबाहीको चेतावनी दिए। ' यस्ता काम गरेर नक्कली पीडित खडा गर्नेहरूलाई कारबाही गरिनेछ। पार्टी कार्यालय, किर्ते, जालसाँजीपूर्ण पीडितहरू तयार गर्ने पार्टी कार्यालय बन्दैछ। सचेत हुनुस्, तपाईंहरू सम्भावना बोकेका मान्छेहरू हुनुहुन्छ,' उनले भने।

प्रकाशित: ३० जेष्ठ २०८२ १७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App