३० असार २०८३ मंगलबार
image/svg+xml
समाज

कर्णाली नदीमा खसेको फोर्स गाडीमा पाँच जना सवार रहेको पुष्टि

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको दैलेख प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार असार १८ गते बिहान करिब ११:३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी करिब ४०० मिटर तल नदीमा खसेर डुबेको थियो।

घटनास्थलबाट फेला परेको मोबाइल, प्रारम्भिक अनुसन्धान तथा आफन्तबाट प्राप्त विवरणका आधारमा गाडीमा चालक पञ्चपुरी-८ माझीगाउँ सुर्खेतका तुलाराम सुबेदी, सहचालक रामप्रसाद सुबेदी, कालीकोटस्थित राजकोट नगरपालिका-२ खड्कागाउँ की सिर्जना खड्का, कालिकोटस्थित पचालझरना गाउँपालिका-९ का मेखे तिरुवा र जेखे तिरुवा सवार रहेको खुलेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका जेखे तिरुवाको शव आफन्तले सनाखत गरिसकेका छन्। कानुनी प्रक्रिया र पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुष्पराज रोकायले बताए।

प्रकाशित: २० असार २०८३ ०७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App