८ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रतिपक्षको अवरोध कायमै रहेपछि भोलिसम्मका लागि संसद् स्थगित

फाइल।

प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

प्रतिपक्ष दलहरूले अवरोध कायमै राखेपछि सभामुख देवराज घिमिरेले बैठक शुक्रबार (भोलि) दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।

भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै आएका प्रतिपक्ष दलहरूको नाराबाजीपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन्।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा र एकीकृत समाजवादीका सांसदहरूले जेठ १४ गतेयता संसद् बैठक अवरुद्ध गर्दै आएका छन्।

सभामुख घिमिरेले राख्नुपर्ने विषयहरू दलीय आधारमै राख्नका लागि वातावरण बनाइदिन बारम्बार आग्रह गर्दा पनि सांसदहरूले अवरोध कायमै राखेपछि बैठक स्थगित भएको हो।

यति आग्रह गर्दा पनि सांसदहरू नाराबाजीमै रहेपछि संसद् स्थगित भएको हो। गृहमन्त्री रमेश लेखक दोषी छन् भनिएका भिजिट भिसा प्रकरणमा प्रतिपक्ष दलहरूले छानबिन समिति गठन र गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै आएका छन्।

प्रतिपक्ष दलका सांसदहरूले अवरोध कायमै राखेपछि अन्तिममा सभामुख घिमिरेले कार्यसूचीबाट सबै कार्यक्रम हटाएर स्थगित गरेका हुन्।

प्रकाशित: २९ जेष्ठ २०८२ १८:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App