१६ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कर्णालीको नीति तथा कार्यक्रम बहुमतले पारित

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति र कार्यक्रम बहुमतले पारित भएको छ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको बाह्रौँ बैठकमा सभामुख नन्दा गुरुङले मुख्यमन्त्री यामलाल कँडेललाई ‘आव २०८२/८३ को नीति तथा कार्यक्रम पारित गरियोस्’ भनी प्रस्ताव राख्न समय दिए। 

मुख्यमन्त्री कँडेलले ‘प्रदेशसभा नियमावली, २०८१ को नियम ३९ को उपनियम ४ बमोजिम नीति तथा कार्यक्रम पारित गरियोस्’ भनी सभामा प्रस्ताव राखेका थिए। त्यसपछि सभामुख गुरुङले ध्वनि मतका आधारमा प्रस्तावमाथि निर्णय लिए। 

प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसदहरूले असहमति जनाए पनि सत्ता साझेदार दलका सांसदहरूको ध्वनि मतको बहुमतका आधारमा सभामुख गुरुङले नीति र कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे। प्रदेशसभाको अर्को बैठक भोलि (सोमबार) दिउँसो ३:०० बजे बस्ने छ। 

प्रकाशित: २५ जेष्ठ २०८२ २१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App