२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

सभामुख-प्रमुख सचेतक छलफल: बैठकपछि मात्र विपक्षी दलले धारणा दिने

सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउने विषयमा प्रमुख तीन दलका प्रमुख सचेतक र मुख्य सचेतकसँग छलफल गरेका छन्।

सभामुख घिमिरेले सिंहदरबारमा आज बिहान नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन्।

सभामुखले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक–पटक संसद् बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाए। संसद् अवरोधका कारण आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरे।

प्रमुख विपक्षी माओवादी केन्द्रका मुख्य सचेतक पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने बताएका थिए।

सत्तारुढ एमालेका प्रमुख सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोर्होयाए।

प्रकाशित: २५ जेष्ठ २०८२ १२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App