८ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

‘गणेशमानसिंह स्मृति भवन’लाई तरूण दलको भवन भनेपछि विवाद, गुरुङले सच्याए विज्ञप्ति

गणेशमान सिंह स्मृति भवनका लागि विनियोजित बजेट तरूण दल भवनका लागि भन्दै निकालिएको विज्ञप्ति नेपाल तरूण दलले सच्याएको छ । तरूण दलका अध्यक्ष विद्वान गुरूङले शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो अघिल्लो विज्ञप्ति सच्याएका हुन् ।  

गुरुङले तरूण दल भवन नभई तरूण दलको आग्रहमा गणेशमान सिंह स्मृति भवनका लागि बजेट विनियोजन भएको बताएका छन् ।  

सहरी विकास मन्त्रालयले आव ०८२/८३ को बजेटमा ‘काठमाडौं महानगरपालिका वडा नं १३ गणेशमान सिंह स्मृति भवन निर्माण’ का लागि ३ करोड बजेट विनियोजन गरिएको छ। सो भवन युवाहरूको सशक्तीकरण, क्षमता विकास र सीप विकासको काममा प्रयोग हुने बताइएको छ ।  

‘नेपाल तरूण दलको आग्रहमा गणेशमान सिंह स्मृति भवनका लागि ३ करोड विनियोजन भएकोमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहज्यूप्रति आभार व्यक्त गर्दछौं,’ अध्यक्ष गुरूङले विज्ञप्तिमा आफ्नो अघिल्लो भनाई सच्याउँदै भनेका छन्, ‘युवाहरूको सशक्तीकरण, क्षमता विकास र सिपयुक्त तालिम सञ्चालन सहित नेतृत्व विकासका लागि सो भवनले योगदान पुग्ने विश्वास लिएका छौं ।’  

‘युवाहरूको हकहित, क्षमता विकास र प्रतिभा प्रवद्र्धनका लागि  तरूण दलको आग्रहमा भवनका लागि बजेट विनियोजन भएको विषयलाई अन्यथा ढँगबाट गलत प्रचारनगरिदिनुहुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।  

प्रकाशित: २४ जेष्ठ २०८२ २०:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App