राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तिकणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुने विश्वास व्यक्त गरेकी छन्।
ईद उल अज्हा (बकर ईद)को अवसरमा आज सम्पूर्ण इस्लाम धर्मावलम्बीलाई सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको शुभकामना दिँदै उनले सन्देशमा भनेकी छन्, 'बकर ईद त्याग, समर्पण र बलिदानको पर्यायका रूपमा मनाइने पर्व हो र यो पर्वले सेवाभावका कार्य आत्मसात् गर्दै सहिष्णुता, आपसी सद्भाव, भावनात्मक एकता र भाइचारा सम्बन्ध विकास गर्न सहयोग पुग्ने विस्वास लिएको छु।'
असहाय, गरिब र विपन्न परिवारलाई अनिवार्य रूपमा सहयोग गर्नुपर्ने मान्यता मुस्लिम दर्शनमा छ। जसलाई उदाहरणीय रूपमा लिइन्छ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको उल्लेख गर्दै उपाध्यक्ष घिमिरेले बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको बताएकी छन्। उनले भनेकी छन्, 'हामीले संविधान सभाबाट नयाँ संविधान जारी गरेपछि राष्ट्रिय मुस्लिम आयोगको गठनसँगै मुस्लिम समुदायको समस्या समाधान गर्न र थप अधिकार प्राप्त गर्न उपलब्धिमूलक बन्दै गएको विश्वास लिएको छु।'
प्रकाशित: २४ जेष्ठ २०८२ ०७:३८ शनिबार



-600x400.jpg)

