२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

माधवविरुद्धको मुद्दाबारे दाहाल: प्रधानमन्त्रीजीको राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको टिप्पणी गरेका छन्।

शुक्रबार (आज) बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले नेपालविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिशोध साँधेको टिप्पणी गरेका हुन्।

'माधवजीले म छिट्टै सफाइ लिएर फर्किन्छु भनेर उहाँले नै भन्नुभएको छ। उहाँले अदालतप्रति मेरो विश्वास छ भनेर भन्नुभएको छ। मैले पनि उहाँमाथि पक्कै अदालतले न्याय नै गर्छ भन्ने ठान्छु। प्रधानमन्त्रीजीको राजनीतिक प्रतिशोधको गन्ध त आएको छ,' दाहालले भने।

उनले अख्तियारले पनि गम्भीर प्रश्न जन्माएको बताए। 'पहिले अख्तियारले नै कुनै पनि प्रधानमन्त्री र क्याबिनेटको डिसिजनको बारेमा अख्तियारको क्षेत्राधिकारभन्दा बाहिरको कुरा हुनाले ललिता निवास प्रकरणका सन्दर्भमा बाबुराम भट्टराई र माधव नेपालजीको बारेमा जे कुरा उठेको थियो, अख्तियारले यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन, जे गर्नु छ, क्याबिनेटले नै गरोस् भन्ने मैले आफैँले हेरेको छु त्यो चिठी। माधवजीले गरेको त जे गरेको भए पनि नीतिगत नै निर्णय हो, त्यसैमा फेरि प्रवेश गरेकाले प्रश्न उठेको छ, सायद जवाफ देला,' उनले भने।

नेपालविरुद्ध अख्तियारले जेठ २२ गते मुद्दा दायर गरेको छ।

प्रकाशित: २३ जेष्ठ २०८२ १५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App