१७ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

दाहालका लागि पनि 'विशेष' कुर्सी

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा शीर्ष तीन दलका नेताबीच छलफल हुँदैछ। छलफलमा प्रधानमन्त्री ओलीका अलवा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल छन्।

बैठकमा गृहमन्त्री रमेश लेखकसहित कांग्रेस-माओवादीका अन्य नेताहरू पनि सहभागी छन्। तर, आजको बैठकको चर्चा गर्नयोग्य विषय भने माओवादी अध्यक्ष दाहालका लागि पनि विशेष कुर्सीको व्यवस्था गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालका लागि उस्तै कुर्सीको व्यवस्था गरिएको छ। प्रधानमन्त्री ओलीका लागि भने बीचमा अझ विशेष खाले कुर्सी राखिएको छ।

सदाको बैठकमा यस्तो हुँदैनथ्यो, बीचमा प्रधानमन्त्री ओली विशेष कुर्सीमा हुँदा देउवा र दाहाल दायाँ-बायाँ सोफामै हुन्थे। तर, आजको बैठकमा भने देउवा र दाहालका लागि उस्तै कुर्सीको व्यवस्था गरिएको छ।

गठबन्धनको बैठकमा भने प्रधानमन्त्री ओली र देउवाका लागि विशेष कुर्सी राख्ने चलन सुरु गरिसकिएको छ। आजको बैठकबाट शीर्ष नेताहरूको बैठकमा पनि यो चलन सुरु गरिएको छ।

आजको बैठकको अजेन्डा मुख्यत: गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भनिएको भिजिट भिसा प्रकरणसँगै जोडिएको संसद्को अवरोधमा केन्द्रित छ। भोलि संसद् बैठक बस्दैछ। माओवादीसहितका दलहरूले संसद् बैठकको अवरोध यथावत् राख्ने निर्णय गरेका छन्। प्रधानमन्त्री ओलीले बैठकअगावै संसद्को उक्त अवरोध हटाउन चाहेका छन्।

प्रधानमन्त्री ओलीले त्यसका लागि बैठक आह्वान गरेका हुन्। जुन अहिले जारी छ। 

प्रकाशित: १९ जेष्ठ २०८२ १७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App