१६ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वसूचना दिन सकियो भने क्षति कम गर्न सकिन्छ : मन्त्री खड्का

ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति कम गर्न सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिएको बताएका छन्।  

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले बर्सातका कारण हुने क्षति कम गर्न सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिएको बताए।  

‘कम्तीमा वडा तहका जनप्रतिनिधिलाई बाढीपहिरोबारे पूर्वसूचना दिन सकियो भने पनि क्षति कम गर्न सकिन्छ,’ मन्त्री खड्काले भने, ‘यस वर्ष सामान्यभन्दा बढी पानी पर्ने अनुमान छ, त्यसैले पूर्वसूचना प्रणालीलाई बलियो बनाउन सरकार लागिपरेको छ।’  

उनले जल र मौसम विज्ञान विभागबाट मौसम पूर्वसूचना प्रणालीबारे थप जानकारी लिएर अगाडि बढेमा क्षति कम गर्न सहयोग पुग्ने बताए। जनप्रतिनिधि र सरकार समयमै जिम्मेवार भएमा क्षति कम गर्न सहज हुने उनको भनाइ छ।  

उनले विद्युत् विधेयकलाई कसरी समृद्ध बनाउने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको पनि बताए।

प्रकाशित: १६ जेष्ठ २०८२ १५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App