राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेका प्रति राज्यले नै सङ्गठित अपराध गरिरहेको आरोप लगाएको छ।
आइतबार (हिजो) बसेको केन्द्रीय समिति बैठकका निष्कर्षहरूबारे जानकारी दिन सोमबार (आज) पार्टी प्रवक्ता मनीष झाद्वारा जारी विज्ञप्तिमा यस्तो आरोप लगाइएको छ।
'रवि लामिछानेले सङ्गठित अपराध गरेको नभई राज्यले नै लामिछानेमाथि सङ्गठित अपराध गरिरहेको अभिमत आम जनतामा गड्दै गएको निष्कर्ष पार्टीको छ,' विज्ञप्तिमा भनिएको छ।
रास्वपाले सहकारीको राष्ट्रव्यापी समस्याको समाधान नखोजी सम्बन्धित मुद्दाहरूमा चयनात्मक अभियोजन, फरक व्यवहार र समान प्रकृतिका मुद्दामा दलीय आबद्धत्ताको आधारमा विभेद भइरहेको पनि बताएको ।
प्रकाशित: १२ जेष्ठ २०८२ १५:५९ सोमबार





-600x400.jpg)