८ असार २०८२ आइतबार
image/svg+xml
राजनीति

सभापति देउवाको धारणा भन्दै प्रकाशित राजसंस्थाबारेको समाचारप्रति कांग्रेसको आपत्ति

नेपाली कांग्रेसले सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धारणाभन्दै राजसंस्थाबारे प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ ।  

पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले बिहीबार एक विज्ञप्ति निकाल्दै सभापतिको धारणा भन्दै प्रकाशित समाचार भ्रामक र कपोलकल्पित रहेको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, 'नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाका बारे प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ ।'  

सभापति देउवाले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा र सम्वर्द्धन तथा जनतालाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको विज्ञप्तिमा भनिएको छ ।  

कांग्रेसको विज्ञप्तिमा भनिएको छ, 'कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्था बारे उहाँको धारणा भनि संचार माध्यममा गलत सूचना संप्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । उहाँले कहि कतैं नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आम संचारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो । जो सुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । नेपाली कांग्रेस सबै आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई रक्षा गर्न प्रतिवद्ध रहेको दोहो¥याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आम नागरिकलाई अपिल गर्दै अव्यक्त कुरा संचार माध्यममा सम्प्रेषण नगर्न संचारकर्मी मित्रहरुलाई आग्रह गर्दछ ।'

प्रकाशित: ८ जेष्ठ २०८२ १५:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App