२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

५०० र १००० को नोट प्रतिबन्ध लगाउन पूर्वअर्थमन्त्री पाण्डेको सुझाव

पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) उपाध्यक्ष सुरेन्द्र पाण्डेले भ्रष्टाचार रोक्न ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन सुझाव दिएका छन्।

मङ्गलबार (आज) नेपाली कांग्रेसको नीति तथा योजना विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन्।

'मैले धेरै ठाउँमा भनेको छु, भ्रष्टाचार नियन्त्रण गाह्रो काम छैन। ५०० र १००० को नोट बन्द गरिदिऔँ, नछापौँ। नागरिकलाई अहिले नै आतङ्कित नपारौँ। ०८५ पछि ५००० र १००० को नोट चल्दैन भनेर भनिदिऔँ,' उनले भने।

यसपछि सरकारले सय रुपैयाँको मात्रै नोट छाप्नुपर्ने उनले बताए। 'कसैले एक करोड घुस खानुपर्‍यो भने पनि एक ट्रक लिनुपर्‍यो, त्यसका लागि कोठा बुक गरेर भाडामा राखेर ताला लगाएर पैसा राख्नुपर्‍यो। यो सम्भव हुँदैन,' उनले भने।

प्रकाशित: ६ जेष्ठ २०८२ १७:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App