११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

प्रदेशको स्थायी संरचना कहिले ?

कोशी प्रदेश सरकार स्थापना भएको आठ बर्ष वितिसके पनि अझै सम्म प्रदेशको स्थायी संरचना निर्माण हुन सकेको छैन । प्रदेशसभामा बारम्बार सांसदहरूले प्रदेशको स्थायी संरचना निर्माणको विषय उठाए पनि सरकारले अझैसम्म सुनुवाइ गरेको छैन ।  

आगामी आर्थिक वर्ष २०८३/०८४को निती तथा कार्यक्रम प्रदेशसभाबाट सार्वजनिक गरेको सरकारले निती तथा कार्यक्रममा  प्रदेशको स्थायी संरचनाको विषय नसमेटेको भन्दै प्रतिपक्षी दलका सांसदले गुनासो गरेका छन् ।  

सोमबारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको निती तथा कार्यक्रम माथिको छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्षी दल नेकपाका सांसद जीवन आचार्यले सरकारले निती तथा कार्यक्रममा प्रदेशको स्थायी संरचनाबारे केहि पनि उल्लेख नगरेको गुनासो गरे ।  

‘जन्मेको बच्चा ९ वर्षको भएर हुर्केर हिंडिसक्दा पनि कोशी प्रदेशको आफ्नै संरचना बनाउने काम अलिकति पनि हिंडेको  देखिएन त्यो कहिले अघि बढ्छ ? उनले भने । 

आचार्यले नीति तथा  कार्यक्रमले जनताको झुपडीसम्म आशा देखाउन नसकेकाले कार्यक्रम विनाको निती भन्दा फरक नपर्ने टिप्पणी गरे । ‘यसो हेर्दा नीति त देखिन्छ तर सरकार कुन दिशामा अघि बढ्न खोजेको हो भन्ने स्पष्ट कार्यक्रम देखिँदैन’ उनले भने । विराटनगर प्रदेशको राजधानी भए पनि बर्खामा यहाँ डुवान हुने गरेको र प्रदेश सरकारको नीति तथा कार्यक्रममा विराटनगरको डुवान नियन्त्रणबारे केही कार्यक्रम नआएकाले डुवान नियन्त्रणका लागि बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित: ११ जेष्ठ २०८३ २०:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App