नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नेपालका लागि जलश्रोत नै मुख्य विषयवस्तु रहेको बताएका छन्। सोमबार (आज) संसद्मा जलश्रोत विधेयकमाथिको छलफलमा भाग लिँदै पाण्डेले यस्तो बताएका हुन्।
नेपालले कृषिलाई मुख्य प्राथमिकतामा राखेको र त्यसका लागि सिँचाइ अतिआवश्यक रहेको पाण्डेले बताए। 'कृषिलाई प्राथमिकता दिनका लागि सिँचाइ मुख्य हुन्छ। सिँचाइका लागि हामीलाई पानी चाहिन्छ,' उनले भने।
उनले बगेर भारत जाने पानी रोक्न सक्दा नेपालका लागि फाइदाको विषय हुने बताए। 'खास गरेर हामीले हाम्रो बगेर खेर जाने पानी, जति पनि पानी आएको छ, त्यो सबै भारत गएको छ। हामीले कति रोक्न सक्छौँ, हाम्रो देशमा दुई घण्टा, चार घण्टा, दुई दिन, दश दिन, एक महिना कति रोक्न सक्छौँ, जति रोक्न सक्यो, त्यति हामीलाई फाइदा हुन्छ,' उनले भने।
प्रकाशित: ५ जेष्ठ २०८२ १७:०१ सोमबार