१९ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले बिहीबार संसद्‍मा जवाफ दिने

गृहमन्त्री रमेश लेखकले आगामी वैशाख २५ गते (बिहीबार) बस्ने प्रतिनिधि सभाको बैठकमा नाउपाका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको विषयमा जवाफ दिने भएका छन्।

रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग्दै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदले सदन अवरोध गरेका थिए। सो पश्चात् सभामुख देवराज घिमिरेले गृहमन्त्रीले वैशाख २५ गते जवाफ दिने जानकारी सांसदहरूलाई सुनाएका थिए।

यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबिच एकीकरण गर्ने तय भएको थियो। एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो। तर, सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी रहेको थाहा भएपछि रेशम चौधरी छुटेका थिए।

प्रकाशित: २३ वैशाख २०८२ १३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App