१८ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

ऊर्जा राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ आज

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिँदै छन्।

आज बिहान ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

गत वैशाख १७ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए। गत १९ वैशाखमा पद तथा गाेपनीयताकाे शपथ हुने भनिए पनि अन्तिम समयमा स्थगित भएकाे थियाे।

गत वैशाख १० मा प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्य मन्त्री कान्छाराम तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए। उनी बर्खास्तीमा परेपछि रिक्त रहेको पदमा नेपाली कांग्रेसका सिफारिसमा गर्बुजा नियुक्त भएका हुन्।

प्रकाशित: २१ वैशाख २०८२ ०८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App