२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

‘कांग्रेस सह-महामन्त्रीको छोरा पक्राउ’ भन्ने समाचारमा सत्यता छैन: प्रहरी

जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनासँग सम्बन्धित “नेपाली कांग्रेसका सह-महामन्त्रीको छोरा पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने समाचारमा सत्यता नरहेको बताएको छ।

प्रहरीले यस्तो कुनै व्यक्ति नियन्त्रणमा नलिइएको र समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो।

आइतबार जारी प्रेस विज्ञप्तिमा प्रहरीले भनेको छ, “यस परिसर वा मातहतका कार्यालयहरूबाट त्यस्तो कुनै व्यक्ति पक्राउ गरिएको भन्ने समाचार पूर्ण रूपमा आधारहीन छ।”

तीनकुने घटनाबारे गलत सूचना फैलिएको भन्दै प्रहरीले यस्ता समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गत चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा राप्रपा नेता रवीन्द्र मिश्र, दुर्गा प्रसाईंसहित २४ जना पक्राउ परेका थिए।

उनीहरूलाई राज्यविरुद्धको कसुर, संगठित अपराधलगायतका मुद्दामा थप सात दिन हिरासतमा राख्न आइतबार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

प्रकाशित: १४ वैशाख २०८२ २०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App