१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

पूर्वसांसद डङ्गोलको निधनमा शोक प्रस्ताव पारित

प्रतिनिधिसभाले पूर्वसांसद एवं संविधानसभा सदस्य तीर्थराम डङ्गोलको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राखेको उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो।

नेपाली कांग्रेसका तर्फबाट २०५६ सालमा काठमाडौं निर्वाचन क्षेत्र नं-७ बाट निर्वाचित तथा २०६४ सालको संविधासभा सदस्य डङ्गोलको ७७ वर्षको उमेरमा यही वैशाख १२ गते निधन भएको थियो।

लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए। बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १५ गते बिहान ११ बस्नेछ।

प्रकाशित: १४ वैशाख २०८२ १९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App