२४ वैशाख २०८३ बिहीबार
image/svg+xml
राजनीति

दाहालको टिप्पणी: माओवादीको एक चोटले राजावादीको हावा फुस्कियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी केन्द्रले चैत्र १५ गते काठमाडौँमा गरेको प्रदर्शनले राजावादीको हावा फुस्किएको टिप्पणी गरेका छन्। माओवादी केन्द्रको तराई–मधेस अभियान अन्तर्गत आइतबार बाँकेको राप्ती सोनारी गाउँपालिका पुगेका दाहालले यस्तो बताएका हुन्। 

‘हामी अभियानमै रहेका बेलामा काठमाडौँमा त एक प्रकारको स्यालहुइँया चल्यो। लौ नारायणी हिटी पसाउने रे, ज्ञानेन्द्रलाई भन्याजस्तो! त्यो त सम्भव थिएन,’ दाहालले भने, ‘तर पनि मान्छेलाई भ्रम दिने कोसिस गरियो।’ अनि काठमाडौँ गएर चैत १५ गते प्रदर्शन गरेको उनले बताए। उनले भने, ‘झन्डै एक लाख जनतालाई काठमाडौँमा उतारेर विशाल प्रदर्शन ग¥यौँ।’ त्यो निकै भव्य, सभ्य र अनुशासित भएको उनले दाबी गरे। 

‘अहिले देशमा सबैभन्दा बढी गणतन्त्रवाद, लोकतन्त्रवादी, नैतिकवान् शक्ति भनेको माओवादी केन्द्र र समाजवादीहरू नै रहेछन् भन्ने कुरा स्थापित भएको छ,’ दाहालले भने। 

तर तीनकुनेमा राखेको सभामा आतंक, हिंसा, लुटपाट, हत्या र वितण्डाजस्तो देखिएको पनि उनले बताए।   ‘हाम्रो एकै चोट सुनारको सय चोट भनेजस्तै माओवादीको एक चोट हानेपछि राजावादीको बेलुनको हावा फुस्कियो,’ उनले भने, ‘अव सम्भव छैन तिनीहरूलाई ।’ अझै पनि त्यो दुस्साहस नगर्न उनले चेतावनी दिए। 

प्रकाशित: १४ वैशाख २०८२ १६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App