सभामुख देवराज घिमिरेले संसद्मा सांसद माया राई पक्राउ परेकोसम्बन्धमा सांसद्लाई जानकारी गराएका छन् ।
सहकारी ठगीमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । पक्राउ पुर्जी जारी भएदेखि नै फरार रहेकी सांसद राई पक्राउ परेको सूचना शनिवार नै संघीय संसद् सचिवालय पुगेको थियो ।
बहालवाला सांसद पक्राउ परेको जानकारी तत्काल सदनलाई दिनुपर्ने नियम २४८ को उपनियम १ बमोजिम सभामुखले संसदमा सूचना गरेका हुन् ।
बैठक नचलेको अवस्था भए सूचना टाँस गरेर जानकारी दिने चलन छ ।
प्रकाशित: १४ वैशाख २०८२ १४:१९ आइतबार





-600x400.jpg)