२६ वैशाख २०८३ शनिबार
image/svg+xml
राजनीति

माया राई पक्राउ परेको जानकारी संसदलाई

सांसद माया राई पक्राउ परेको जानकारी प्रहरीले संघीय संसदलाई दिएको छ।

सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसर, भद्रकालीले सांसद राई पक्राउ परेको बारेमा सो जानकारी गराएको हो। 

‘उपरोक्त सम्बन्धमा सुमन खनालसमेतको जाहेरीमा वादी नेपाल सरकार प्रतिवादी स्वर्ण लक्ष्मी बहुउद्देश्सीय सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं सञ्चालक गितेन्द्रबाबु राई समेत भएको ठगी र संगठित अपराधसम्बन्धी कसुर मुद्दामा भागी फरार रहेकी प्रतिवादी माया राईलाई अनुसन्धानको क्रममा वैशाख १३ गते बुढानिलकण्ठ नगरपालिका–१० कपन स्थितबाट पक्राउ गरी यसका कार्यालयमा दाखिल हुन आएकी प्रतिवादी नेपाली कांग्रेसको वर्तमान संघीय प्रतिनिधिसभाको सदस्यलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको व्यहोरा सादर अनुरोध गरिएको छ’ प्रहरीले भनेको छ।

प्रकाशित: १४ वैशाख २०८२ ०८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App