८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस सांसद माया राई पक्राउ

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन्।

सांसद राई शनिबार (आज) काठमाडौंको कपनबाट पक्राउ परेकी हुन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेतले सांसद राई कपनबाट पक्राउ परेको पुष्टि गरे।

सांसद राईविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो। यसपछि उनी पक्राउ परेकी हुन्। 

उनी कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा प्रकरणमा मुछिएकी थिइन्।

प्रकाशित: १३ वैशाख २०८२ २०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App