११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको चुनौती: भुईँफुट्टाहरूलाई ओली बिनाको एमाले, एमालेबिनाको नेपाल चाहिने रे, ०८४ मा हेरौँला!

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूबिनाको एमाले र एमाले बिनाको नेपाल चाहनेले ०८४ मा हेर्न चुनौती दिएका छन्। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा मङ्गलवार एमालेले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

‘साथीहरूलाई आश्चर्य लाग्दैन ? दुनियाँले यत्रो हमला गरेको छ। केपी ओली बिनाको एमाले खोजेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘किन खोजेको होला केपी ओली बिनाको एमाले ?’ 

राम्रो मनसायले त्यसो भनेको भए आफूले सहजै त्याग गर्ने पनि उनले बताए। उनले भने, ‘तिनीहरूको मनसाय राम्रो भएको भए म सरक्क छोडिहाल्थे नि। के यो देशका लागि हो त ? हाम्रै पार्टीका लागि हो त ?’ 

केपी ओली बिनाको एमाले र एमाले बिनाको नेपाल चाहियो भन्नेहरूलाई मिसन ८४ मा देखाइदिने प्रधानमन्त्री ओलीले बताए। ‘उनीहरूलाई मिसन ८४ मा हेरौँला एमालेबिनाको नेपाल हुन्छ कि केके बिनाको नेपाल हुन्छ,’ उनले भने। 

नेकपा एमाले महाप्रलयका साथ हमला गर्दा पनि नसकिएको शक्ति भएको तथ्य बुझ्न पनि उनले चुनौती दिए। ‘भुईँफुट्टाहरू कसरी भन्छन्, राजनीति गर्नेहरूले राजनीति गर्नुहुँदैन रे माझीलाई डुङ्गा चलाउन नदिने म चलाउँछु भनेर बगाइदिने, डुबाइदिने,’ प्रधानमन्त्री ओलीले भने। 

प्रकाशित: ९ वैशाख २०८२ १६:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App