८ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

निषेधित क्षेत्र नेताहरुले तोड्छौँ, हामीलाई डर छैन: उपाध्यक्ष तामाङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले आइतबार हुने प्रदर्शनमा नेताहरुले नै निषेधित क्षेत्र तोड्ने बताएका छन्।

प्रदर्शनका लागि बिजुलीबजार पुगेका तामाङले निषेधित क्षेत्र कार्यकर्ताहरूले नभएर नेताहरुले नै तोड्ने बताएका हुन्। 

उनले भने, 'निषेधित क्षेत्र नेताहरुले नै तोड्छौँ। कार्यकर्ताहरू जान पर्दैन। हामीले कार्यकर्ताहरू बोलाएको पनि छैनौँ। निषेधित क्षेत्र तोड्न हामीलाई डर छैन। ढुंगामुडा हामी गर्दैनौँ। तर डराउँदैनौँ।' 

प्रकाशित: ७ वैशाख २०८२ १२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App